योगेश भट्टराई चढेको गाडीमाथि पहिचानपक्षधरद्वारा तोडफोड

<span class='c1'>योगेश भट्टराई चढेको</span> <span class='c2'>गाडीमाथि पहिचानपक्षधरद्वारा तोडफोड</span>

विराटनगर । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई चढेको गाडिमा पहिचान पक्षधरद्वारा तोडफोड भएको छ ।

ताप्लेजुङबाट काठमाण्डौं फर्कने क्रममा फुङलिङ—४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका थिए । सोही क्रममा भट्टराई सवार गाडिमा ढुङगा र लाठिले हानेको एमालेका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

सशस्त्र र नेपाल प्रहरीको स्कटिङमा लगिएको भट्टराईको गाडि मात्रै फुटेको र मानवीय क्षति भने नभएको एमालेले जनाएको छ ।
यसअघि मध्यान्ह एमाले र पहिचान पक्षधर कार्यकर्ताबिच झडप समेत भएको थियो । भने भट्टराईको निवास अगाडी प्रदर्शन समेत गरेका थिए । दसैं, तिहार, छठ, नेपाल सम्वत जस्ता चाडपर्वको अवसरमा भट्टराई सहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले चियापान कार्यक्रम आयोजना गरेका थिए । सोही कार्यक्रमबाट चियापान सकेर फर्कने क्रममा आक्रमण भएको जनाइएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका कार्यबाहक प्रमुख प्रहरी निरिक्षक कमलकुमार लुङगेलीले शुभकामन कार्यक्रम राम्रोसँग सम्पन्न भएको र कार्यक्रम सकेर फर्किने क्रममा ५/६ जनाको समूहबाट एकजनो ढुंगा प्रहार गरेको जानकारी दिए ।
‘कार्यक्रम राम्रोसँग भएको थियो, पहिचानवादी पक्षधरले विरोध कोणसभा गर्नुभएको थियो, त्यो सकेर उहाँहरु गइसक्नुभएको थियो, उनले घटनाको जानकारी दिँदै भने,‘कार्यक्रम सिकएपछि ताप्लेजुङबाट निस्किनेक्रमा फुङलिङ बजारमा ५÷६ जनाको समूहबाट एकजनाले ढुंगा हान्यो, ढुंगाले गाडीको शिसा फुट्यो त्यस्तो ठूलो मानवीय क्षति भएको छैन ।’
ढुंगा हान्ने व्यक्ति अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक लुङ्गेलीले बताए ।

फागुन १७ गते देखि प्रदेश १ ले कोशी नामपाएसँगै यतिबेला प्रदेश १ पुन: नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् । कार्यक्रम भयरहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्