जस्केलाबाट छिर्ने कोशिश नगर्न पूर्व राजालाई योगेश भट्टराईको चेतावनी

<span class='c1'>जस्केलाबाट छिर्ने कोशिश नगर्न पूर्व</span> <span class='c2'>राजालाई योगेश भट्टराईको चेतावनी</span>

विराटनगर । एमाले सांसद योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चेतावनी दिएका छन् ।

आइतबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य समेत रहेको भट्टराईले मुल ढोकाबाट आउन आग्रह गदै जस्केलाबाट छिर्ने कोशिश नगर्न चेतावनी दिएका छन् ।
पूर्व राजा शाहलाई आवास, सुरक्षा लगायतको सुविधा दिएको बताउदै उनले यस्ता गतिविधि गरे पूर्व राजा शाहलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

उनले मानवीय नाताले पूर्व राजाकी आमालाई नारायणहिटीमा बस्न दिएको बताउदै उनले भने,‘पूर्व राजालाई सुरक्षा दिएका छौं, आवास सुविधा दिएका छौं, फ्रान्सका राजाले यस्तो सुविधा पाएनन्, अरु देशका राजा कत्लेआम भए, त्यसकारणले यो अवस्था बुझ्न म ज्ञानेन्द्र शाहलाई अपिल गर्दछु ।’
शाह व्यापारी भएकाले भएकाले उद्योग खोल्न र व्यवसायमा लाग्न उनले सुझाए ।

‘उद्योग धन्दा खोलुन्, मानिसहरुलाई रोजगारी दिउन् । उहाँसँग पैसा छ । राष्ट्रिय उद्योग खोलुन् । लगानी गरुन् । हिजो कमाएको पैसा राखेका छन,’ भट्टराईले भने, ‘त्यसको सम्मान र सुरक्षा सरकारले गर्छ । तर राजनीतिक अधिकारका लागि सडकमा आउने हो भने जस्केलाबाट छिर्ने कोशिश गर्ने होइन ।’

तस्बिर: रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्