खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङ । खोटाङको साकेला गाउँपालिका-२ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।

आइतबार दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका-६ स्थित मामा घरमा बस्दै आएकि बिरधन राईको साढे २ बर्षकी छोरी आरिमा राई घर नजिकै रहेको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखि उद्धार गरी उपचारको लागि साकेला आधारभुत अस्पताल लागिएकोमा अस्पतालमा पुर्‍याई चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्