अग्रगामी समाज बनाउन महिलाको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री कार्की

अग्रगामी समाज बनाउन महिलाको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्वपूर्ण हुने बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय महिलावादी महिलामञ्च २०८० कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

विकाशका महत्वपूर्ण क्षेत्रहरू महिलाको हातमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री केदार कार्कीले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

‘महिलाका अधिकारका निम्ति कोही माननीयले बजेट माग गर्नुभएको छैन । मानवीय विकासका लागि कसैले माग गर्नुभएको छैन, उनले भने, सबैले आफ्नो घरको बाटो र अवसर जोडिने गरी बजेट माग गर्नुहुन्छ । महिलावादीबन्नकालागिमहिलाकाअधिकारका सवालमाकाम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’

विराटनगरमा स्थापना गरिने हृदय रोगको उपचार केन्द्र सैलजा आर्चायको नाममा स्थापनाहुने भएकाले त्यसको प्रारम्भ बजेटको कार्यान्वयनसँगै हुने बताए ।

प्रदेश सरकारले भौतिक विकाससँगै मानवीय विकासमा पनि जोड दिने भएकाले महिला अधिकारका क्षेत्रमा सशक्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्