अदालतको फैसला छल्नेहरु धमाधम पक्राउ पर्दै

अदालतको फैसला छल्नेहरु धमाधम पक्राउ पर्दै

विराटनगर । मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का समिर तामाङ चोरी मुद्दाका फरार हुन् । उनी मोरङ जिल्ला अदालतको फैसालले दोषी ठहर भएपनि फरार थिए । उनी विरुद्ध चार दिन कैदको फैसला भएको थियो । उनी जस्तै सुन्दरहरैंचा–१० का नविन सार्की समेत चोरी मुद्दाका दोषी हुन् । चार दिन कैद बस्नुपर्ने उनी फरार सूचिमा रहेका थिए ।

कटहरी गाउँपालिका–३ का महदीशेख मियाँको एक महिना कैद र ५०० रुपैँया जरिवाना भुक्तान गर्नुपर्ने गरि दोषी ठहर भएको फैसाल भएको थियो । यसैगरी ग्रामथान गाउँपालिका–५ का सन्जय चौधरी विरुद्ध चोरी र जर्बरजस्ती करणी उद्योगको मुद्दामा थियो । उनले चोरीमा एघार महिना ४ दिन कैद र दश हजार रुपैँया, जर्बरजस्ती करणी उद्योगमा पनि त्यतिनै कैद तथा जरिवाना भुक्तान गर्नुपर्ने थियो ।

प्रहरीले सोमबार यी चारजनासहित लागुऔषध गाँजा मुद्दामा ६ महिना १२ दिन कैद भुक्तान गर्न बाँकी केराबारी–१० का गणेश तामाङ र अभद्र व्यवहार मुद्दामा दुई हजार जरिवाना भुक्तान गर्नुपर्ने केराबारी–१० का प्रिमान लिम्बुलाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।
विभिन्न समयमा अपराध गरेर दोषी ठहर भएपछि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहनेहरुलाई प्रहरीले खोजी तिव्र बनाउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार फरारको सूचि तयार पारेर नियन्त्रणका लिने कार्यलाई तिव्रता दिइएको जानकारी दिएका छन् ।

मोरङ प्रहरीले आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै फरार रहेकाहरु १८३ जनालाई पक्राउ गरेर अदालतमा पेश गरेको हो । फैसला कार्यन्वयन गरी दण्डहिनता अन्त्य गर्ने अभियान अन्तर्गत प्रहरी सक्रिय रहेको प्रवक्ता दाहालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्