उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा २६ कात्तिकमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी घाईते भई उपचारतमध्ये मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते थिए । सोमबार राति उर्लाबारी नगरपालिका–७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । योसँगै सो घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।

लक्ष्मीपूजाको दिन राति साढे १० बजे उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो । घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइते भएका थिए । घाइते मध्ये सात जनाको अवस्था गम्भीर थियो । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्