कोशी प्रदेशबाट सर्वसम्मतिले पारित भयो बजेट

<span class='c1'>कोशी प्रदेशबाट सर्वसम्मतिले पारित</span> <span class='c2'>भयो बजेट</span>

विराटनगर । कोशी  प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ ।

बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो । 

कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न  बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक  ) माथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्री केदार कार्कीले  बजेटले  अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिवद्धता गरेपछि सांसदहरुले खर्च कटौतीको प्रस्ताव फिर्ता लिए । सांसदहरुले खर्च  कटौतीको प्रस्ताव फिर्ता  लिएपछि बजेट  अध्यादेश  प्रतिस्थापन विधेयक पारित भएको हो । 
तत्कालिन मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट  ल्याएका थिए । शनिबार अध्यादेश प्रतिस्थापन विधेयक मार्फत केदार कार्कीले ५० करोड थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका थिए । ५०  करोड थप गरेर कार्कीले ल्याएको बजेट पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्