-अरूण खड्का
कोही मन परेपछि हराउँछ यो मन,
झस्किएर निन्द्रामै कराउँछ यो मन।
जेसुकै होस् न आखिर नाम उसको,
सामू पर्दा धकले लर्खराउँछ यो मन।
जीवनरथको सारथि मानी उसैलाई,
माना चामल सहर्ष भराउँछ यो मन।
गरिदिएर बकस-पत्र सर्वश्व आफ्नो,
दाखिला उसैकोमा गराउँछ यो मन।
शिरोधार्य गरेर उसका आदेश सारा,
ठाउँ कुठाउँ त्यसै बर्बराउँछ यो मन।