रंगेली प्रियमिर लिग पुषको पहिलो साताबाट हुने

रंगेली प्रियमिर लिग पुषको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।

खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुष ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो ।

आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुष ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँको साथै आकर्षक ट्रफी रहेको छ । उपबिजेताले नगद ५१ हजार रुपैयाँ पाउनेछन् । रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरेले जानकारी दिए । ‘अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशि बढन पनि सक्नेछ,’ उनले भने, ‘सहयोग गर्ने स्पोन्जर दाता राम्रो आउँदा हामी विजेता र उपबिजेताको राशी बढनेछौं ।’

प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने खेल संयोजक अभिषेक मण्डलले जानकारी दिए। रंगेली नगरपालिका भित्रको खेलाडीको टिमहरु रहने उनले बताए । लिग चरणको आधारमा प्रतियोगिता हुनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार रहेको छ । प्रतियोगताको म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिब राजन पनेरुले जानकारी दिए

। प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार राखेको छ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्