आज अन्तराष्ट्रिय अपाङ्गता दिवस

आज अन्तराष्ट्रिय अपाङ्गता दिवस

काठमाडौं । आज ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ। अपाङ्गताभएका व्यक्तिका अधिकारको विषयमा जोड दिँदै यो दिवस मनाइन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपांगता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७४४ छ। यसमध्ये पुरुष तीन लाख ५१ हजार ३०१ र महिला दुई लाख ९३ हजार ४४३ छन्।

तथ्यांकअनुसार अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै शारीरिक अपांगता भएकाहरु ३७.१ प्रतिशत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्