-बसन्त घिमिरे
ओहो साथी आजकाल् तिमी कत्ति हो भोकाको
जे जे भेटो त्यहीँ खाँदा नि कस्तो नअघाको
जमिन पनि खान्छौ तिमी खोला पनि खान्छौँ
रुख , जंगल, पहाडलाई नि आफ्नै भोजन ठान्छौँ
श्रमिकका पसिना नि सुलुक सुलुक चुस्छौँ
कृषकका मल र वीउ नि पेटैभित्र ठुस्छौँ
सुनका डल्ला सिङ्गै निल्छौँ
अलकत्रा नि दार्छौ
ट्रिपरका गिट्टी वालुवा एकैगाँस पार्छौ
सुकुम्वासी , शरणार्थी सिगांसिगैं निल्छौं
एक्लै अलि गार्हो भए भोकाप्यासा मिल्छौँ
सेनेटरि प्याड देखि बिजुली चुलोसम्म
मन्दिरका गजुर पनि पारेकै छ ह्वाम्म
बिध्यार्थिका किताब अनि विरामीका दबाई
कस्तो रुच्न सक्या होला लाज घिन पचाई
खाउ साथि अझै खाउ कोचि कोचि खाउ
अरु सबै भोकै बसुन् तिमि चै अघाउ