१ थान पेस्तोल र २० थान गोली सहित ३ जना व्यक्ति पक्राउ

<span class='c1'>१ थान पेस्तोल र २० थान</span> <span class='c2'>गोली सहित ३ जना व्यक्ति पक्राउ</span>

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० बाट १ थान पेस्तोल र २० थान गोली सहित सोही उप महानगरपालिका–९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


सोही उपमहानगरपालिका–९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्