हर्क साम्पाङले धरानमा बनाएको ‘श्रम संस्कृति पार्क’

हर्क साम्पाङले धरानमा बनाएको ‘श्रम संस्कृति पार्क’

सुजता लिम्बू
विराटनगर ।
‘हाम्रो धर्ती हाम्रो आकाश, हाम्रै परिवेश
श्रम गरौँ मिलि बनाऊ यो देश
देश आफै बन्दैन गाली गर्दै अरुलाई
हातेमालो गरौँ आजै सच्याएर आफैंलाई’

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको शब्द, स्वरमा रहेको यही गीतको मधुर धुनसँगै श्रम संस्कृति पार्कममा श्रमदान गर्नेहरु काममा व्यस्त देखिन्थे । त्यसो त पार्क नियाल्न आउनेहरुको भीड पनि उत्तिकै थियो । सुनसरीको धरान उपमहानगरपालिका १३ मा निर्माण भएको श्रम सस्कृति पार्क पछिल्लो समय पर्यटनका लागि मुख्य थलो बन्दै गएको छ ।

सुनसरी आसपासका स्थान साथै विभिन्न जिल्लाहरुबाट समेत पार्क अवलोकन साथै भ्रमणका लागि मानिसहरु आउने गरेका छन् । श्रम संस्कृति उद्यानमा भ्रमण गर्न आउनेहरु त्यहाँ निर्माण भएका विविध कलात्मक बस्तुहरुसँग आकर्षित हुन्छन् । बगर र पाखाहरुमा रोपिएका विविध प्रजातिका फूल साथै बोटबिरुवाहरुले पनि भ्रमण गर्न आउनेहरुको मन तान्ने गरेको छ । विरुवा रोपिएको स्थानमा मकालु, माछापुच्र्छे, कन्चनजंघा लगायतका नाम दिएर क्षेत्र समेत छुटाइएको छ ।

सर्दु खोलाको बगरमा फलका विरुवा र फर्किदै गरेको फुलले मानिसलाई आकर्षित बनाउने त भयो नै बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमूना निर्माणले तस्विर खिच्ने राम्रो ‘जक्सन’ बनेको छ । यस्तै, आरा धरानको एकछेउमा किरात संस्कृतिसँग जोडिएको चिन्डोको आकृतिमा धारा समेत जडान गरिएको छ ।
पार्कका आसपासमा आफन्तको नाममा फलैँचा निर्माण गरिदिएका छन् । भने, पार्कमा ठाउँठाउ रहेको रुखमा ‘साउण्ड बक्स’ राखिएका छन् । साउण्डबक्सबाट गुञ्जिएको संगीतको धुनले श्रम गर्नेहरुलाई मात्रै आनन्दित बनाउदैन त्यहाँ आउने सम्पूर्णको मन शान्त बनाउछ ।

पार्कमा रोपिएका बोट विरुवाहरुको संरक्षणमा उपमहानगरपालिका कर्मचारी आफै खटिएका छन् भने श्रमदाताहरु समेत आफूले रोपिएको विरुवामा पानी हाल्न आउने गरेको स्थानीय शान्ता राई बनाउछिन् । त्यसो त उनलाई उजाडिएको बजरमा फुल र फल फलाउन सकिएला भन्ने कल्पना समेत थिएन । उनी भन्छन्,‘गर्न सके बगरलाई पनि बगैँचा बनाउन सकिने रहेछ ।’

उनका अनुसार धरान उपमहानगरपालिकाले सो क्षेत्रको संरक्षणमा नगर प्रहरीहरु समेत खटाउने गरिएको छ । दैनिक जस्तो सयौँको संख्यामा भ्रमणका लागि आउने गरेको सो क्षेत्रमा सिक्किम दार्जिलिङबाट पार्क भ्रमणमा आउने गरेको बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्