न्यानो कपडा नहुँदा घुरको सहारामा जाडो छल्छन् विराटनगर बखरीका ऋषिदेव समुदाय

<span class='c1'>न्यानो कपडा नहुँदा घुरको सहारामा जाडो</span> <span class='c2'>छल्छन् विराटनगर बखरीका ऋषिदेव समुदाय</span>

इन्दु साह
विराटनगर । विराटनगर–१२ बखरी निवासी अमिता ऋषिदेवलाई जाडो मौसम नआईदिए हुन्थ्यो झैं लाग्छ । उनीसँग पर्याप्त लगाउने न्यानो कपडा छैनन् । घुर तापेर चिसो कटाउनु पर्ने बाध्यताले उनलाई जाडो भन्दा गर्मी नै ठिक लाग्छ । अमिता जस्तै छ सन्तानकी आमा ४५ वर्षीया सावित्री ऋषिदेव कसैले पुराना कपडा दिए लगाउन पाउने आसामा बस्छिन् ।

उनलाई आफुसँगै सन्तानलाई चिसोबाट जोगाउने चिन्ता छ । ‘अघिल्ला वर्षहरुमा कसैन कसैले दिदैं आएका थिए, यो वर्ष भने अहिलेसम्म दिएका छैनन्,’ उनले भनिन्–कसैले एकवर्ष लगाएपछि अर्को वर्ष नयाँ किन्छन् पुरानो भनिएका कपडा हामीलाई दिए खुशीले लगाउने थियौं । यस्तै २० वर्षीया आसा ऋषिदेवको पनि आग्रह छ–कपडा फ्याँक्नु वा जलाउनु भन्दा आवश्यक पर्नेलाई दिए प्रयोग हुने थियो ।
न्यानो कपडा अभाव भएका तराईका घरपरिवारमा चिसो बढेसंगै घुर ताप्ने प्रचलन छ । घुर ताप्दा आगलागी भएर मानिसको ज्यान, धनको क्षति हुने गरेको छ ।

घुर ताप्दा नाइलन तथा सिल्कको कपडा तथा सजिलो आगो टिप्ने लुगाहरुबाट दुर्घटना जोखिम बढी हुने गरेको छ । रातिको समयमा घुर तापिसके पछि निभाउने चलन हुँदैन । त्यसले तातो दिन्छ भनेर त्यसै छोड्दा आगलागी हुने गरेको छ । यसैगरी गाइँ बस्तुलाई पनि न्यानो बनाउन घुर बालेर छोड्ने बानीका कारण जोखिम उतिकै हुन्छ ।
विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अतिधेरै आगलागीको जोखिम क्षेत्रको रुपमा दक्षिणी क्षेत्रका वडाहरु नै पर्ने गरेका छन् । जहाँ अतिविपन्न परिवारको फुसको घर भएका कारण आगलागी जोखिम धेरै छ । त्यसमा पनि घुर ताप्ने संस्कारले गर्दा यस्ता घरहरुमा आगोले चाँडै भेट्ने समस्या हुने गरेको छ । विराटनगर १४, १५, १६, १७, १८, १० र ८ लाई लक्षित गरेर फस्टरेस्पोन्स दमकल विराटनगर–१४ मा राखिएको छ । त्यसले प्रारम्भिक रुपमा आगो नियन्त्रणको भरथेग गर्नेछ । त्यसभन्दा बाहेक पुष्पलाल चौकबाट हुनेछ । तर, सुचना आए अनुसार लोकेसन हेरेर जुनसुकै बेला फस्ट रेस्पोन्समा दमकल खटाईने योजना रहेको छ ।

मोरङमा २०७६ सालमा आगलागीबाट एक जनाको ज्यान गएको थियो भने ३ जना घाइते भएका थिए । त्यसवर्ष १०२ घर र २१ गोठ समेत आगलागी प्रभावित हुँदा ६ करोड ९१ लख ६४ हजार ५०० रुपिँया बराबरको धनको क्षति भएको थियो । यसैगरी २०७७ सालमा चारजना घाईते र ४६ घर तथा ११ गोठ प्रभावित हुँदा २ करोड २३ लाख ३६ हजार ५०० रुपिँया बराबरको क्षति भएको थियो । २०७८ मा एकजनाको मृत्यु र एकजना घाईते भएका थिए । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको जारी विपद् बुलेटिन अनुसार २६ घर ११ गोठ प्रभावित हुँदा ३२ करोड ८५ लाख ९० हजार बराबरको क्षति भएको थियो । यस्तै २०७९ मा सातजनाको मृत्यु र ६जना घाईते भएको तथ्यांक छ । घटनामा जम्मा ७९ घर र ४२ गाईगोठ प्रभावित हुँदा ३० करोड ७० लाख ५७ हजार बराबरको क्षति भएको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्