विराटनगरमा बरगाछी बन्दै दुर्घटना ‘स्पट’

विराटनगरमा बरगाछी बन्दै दुर्घटना ‘स्पट’

विराटनगर । तीन दिन अगाडी विराटनगर बरगाछीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना गम्भीर घाईते भए । मंसिर २६ गतेको यो दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाईते भई उपचारतः छन् । पछिल्लो यो समाचार बरगाछी दुर्घटनाको एउटा प्रतिनिधि घटना हो । तर, यस अगाडी पनि विराटनगर बरगाछी दुर्घटना समाचारका लागिे धेरै हेडलाइन बनिसकेको छ ।

जस्तै :
बरगाछीको शालिकमा ट्रक ठोकियो, चालक गम्भीर घाईते (१९ आश्विन २०८०), विराटनगरमा दुर्घटना हुँदा खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु ( ८ फाल्गुन २०७९, सोमबार ०९:०९), विराटनगरको बरगाछीमा दुर्घटना, एक जनाको अवस्था गम्भिर (२७ श्रावण २०७८, बुधबार १९:४७), बरगाछीमा दुर्घटना हुँदा घरमा ठोक्कियो कार (२३ बैशाख २०७८, बिहीबार १६:३६) विराटनगर बरगाछीमा दुर्घटना स् मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककुच्युक (२३ पुष २०७७, बिहीबार), राती बिराटनगरको बरगाछीमा भारतीय कार दुर्घटना, चारजनाको अबस्था गम्भीर (४ पुष २०७६, शुक्रबार २३:०२), दम्पती सवार मोटरसाईकल विराटनगरको बरगाछीमा दुर्घटना, श्रीमतीको मृत्यु (५ पुष २०७५, बिहीबार १९:१५)

प्रायः रात्रीकालिन समय र उस्तै प्रकृतिका दुर्घटना हुने बरगाछीले धेरैलाई घाईते बनाईसकेको छ । घाईतेमध्ये कतिपयको ज्यान समेत गईसकेको छ । बारम्बार एउटै किसिमको घटना निम्तिने बरगाछी दुर्घटना ‘स्पट’ ले को रुपमा चिनिन थालेको छ । यसको मुख्य कारण चौबाटो र तिव्र गति, सडक डिजाइनको समस्या र अति भीडभाड व्यवस्थापन अभाव ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेका अनुसार बरगाछी चौक उत्तर र दक्षिण डिभाइडरको दुरी लामो हुनु पनि दुर्घटनाको मुख्य कारण बनेको छ । अति चाप हुने बरगाछीमा सडकको लेन विभाजनका लागि केन्द्रभागमा राखिनुपर्ने डिभाइडर लामो दुरीसम्म राखिएन । त्यसले धेरैलाई झुक्याईरहेको छ ।

अर्को चौबाटोमा रहेको यो चौक अति भीडभाड छ । जसका लागि वैकल्पिक माग तयार छैन । जस्तै यात्रुका लागि मात्रै भएपनि ‘ओभर ब्रिज’ वा ट्राफिक लाइट जडान हुने हो भने दुर्घटनाको जोखिम कम हुनेछ । ‘हामीले अस्थाई डिभाइडरले सडक लेन विभाजन गरेका छौं, तर त्यो पर्याप्त छैन’ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले भने–सहयोगमा राखेका डिभाइडर रात्रीकालिन समयमा झिक्न बाध्य छौं । राती सडकबाट नझिक्दा ती डिभाइडर नै गाडीले हानेर भत्काउने डर ट्राफिक प्रहरीलाई छ ।

अर्को बस पकेट नहुनु । जस्तै बसपार्कबाट छुटेका बस रोक्ने पकेट क्षेत्र छैन । दुर्घटना बढ्दै गएपछि बसपार्कबाट छुटेका यात्रुवहाक सवारी रोक्नका लागि अहिले बरगाछी दक्षिणतर्फ नै पकेट सारिएको छ । यस अगाडी उत्तरतर्फ लगिएको थियो । ट्राफिक प्रमुख न्यौपानेको विश्लेषण अनुसार यात्रुलाई गाडीमा चढाउने होडबाजीले बसपार्कबाट छुटेका बसहरु हतारमा चौक पार गर्न चाहन्छन् । त्यस्तो हुँदा दुर्घटनाको संभावना रहन्छ । यदि चौकदेखि दक्षिणतर्फ नै यात्रु चढाउने पकेट हुँदा ‘स्टार्ट’ क्रमशः गियर बढाउँदै चौक पार गर्दछन् । बसपार्क फर्कने सवारीका लागि भने बरगाछी चौकको पूर्व–उत्तरतर्फ नै पकेट तोकिएको न्यौपानेले बताए ।

छलेन सडक आयोजनाले विस्तार गरेको कोशी राजमार्गको बीचको डिभाइडर क्षेत्रमा बत्ति राख्न आवश्यक रहेको ट्राफिक प्रहरीको बुझाई छ । चौडाई सडकको दुईतर्फको बत्तिले केन्द्रभागसम्म उज्यालो दिन सकिरहेको छैन । बीच भागमा बत्ति जडान गर्ने हो भने त्यसले सडकलाई सुन्दरता थप्नेसँगै ुदुर्घटना रोक्नका लागि केहि हदसम्म सहयोग गर्ने ठम्याई ट्राफिक प्रहरीको छ । तर, सडक सुशासन कायम गर्ने ट्राफिक प्रहरीसँग यसको बजेट छैन, बजेट भएका निकायले कुरा नसुन्ने गरेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्