-देवराज तामाङ
समयको बगैंचामा
एउटा सुन्दर गुलाफ ओइलाएको छ
सायद हरायो सबै सुगन्ध
जुन हावामा नाच्ने गर्थ्यो
सुगन्धकै लागि भनी
आफ्नो अस्तित्व साच्ने गर्थ्यो
हो -
ओइलाएको गुलाफसँग केही दु:ख छ -
किन सुन्दर हुँदै तिमीसम्म आएन
किन कुरुप नहुँदै नियतिसँग थिएन?
यसका पत्रहरु झर्नु अगाडी
सप्तकोशी नदी जस्तै किन एकाकार भएन!,
ओइलाएको गुलाफसँग केही सुख पनि त छ -
समयको बगैंचामा
गुलाफलाई सधैं गुलाफ नै हुनुपर्छ र ?
ओइलाए पनि त आफ्नै नाउँ छ
समयसँगै यसका पत्रहरु झरेपनी
यसको आफ्नै ठाउँ छ !