-अरूण खड्का
मरेर आखिर माटो बन्नेछ यो तन,
छाडेर सारा मानप्रतिष्ठा अनि धन।
बाँचुन्जेल हो हानथाप तेरो मेरोमा,
गुमनाम हुनेछ एक दिन तन बदन।
रित्तो आएर परलोक जानुछ रित्तै,
ब्यर्थैमा किन पो जलाउनु यो मन।
सकेसम्म गरभाइ सुकर्म र भलाइ,
गर्दै नगर्नु कुकर्मले धुर्त्याँई त झन।
श्वास चलुन्जेल हो गरिने चुरीफुरी,
मुडो बन्छ देह यो रोकिए धड्कन।