चिसो मौसम : शरीरको प्रतिरक्षा बढाउन खाने, व्यायाममा ध्यान दिने

चिसो मौसम : शरीरको प्रतिरक्षा बढाउन खाने, व्यायाममा ध्यान दिने

इन्दु साह
विराटनगर । चिसो लागेसँगै मिठा–मिठा परीकार पकाएर खाने चलन छ । तर, चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानपानमा बिशेष ध्यान दिनुपर्छ । चिसो समयमा शरीरलाई तातो खानेकुराको आवश्यक हुन्छ । यो समयमा तराईमा अत्याधिक चिसो हुन्छ । यो समयमा रुघाखोकी र फ्लु सार्ने भाइरस पनि अन्य मौसम भन्दा बढी सक्रिय हुन्छन् ।

यो समयमा हाम्रो शरीरको प्रतिरक्षा क्षमता प्रणलिले सामान्य रुपमा काम गरीरहेको छ–छै त्यसतर्फ ध्यान दिईरहनु पर्छ । विशेष रुपमा साना बच्चा, जेष्ट नागरीक, दमका रोगी, युरीक एसिड लगायतका समस्या रहेको ब्यक्तिलाई अलि बढि खानपानमा ख्याल राख्न आवश्यक हुन्छ । जाडोमा खाना रुचि धेरै हुने र शारिरीक व्यायम कम हुने हुन्छ । कसैकसैमा खाना रुचि कम हुने हुन्छ । शरीरको तौल धेरै भएका मानिसले नियमित व्यायाम गरेर खानपानमा समेत ध्यान दिनुपर्छ । त्यसका लागि भात तथा अन्न कम खाएर सागपात, सुप र झोलिलो खानेकुरा खानुपर्छ ।

जाडोमा खानसकिने खानेकुरामा सिजनमा पाइने हरियो सागपात अन्य ताजा तरकारी लगायत ताजा फलफुल पर्दछन् । यस्ता खानेकुरामा भिटामिन ए, भिटामिन सि, भिटामिन ई ,भिटामिन के,जस्ता भिटामिन पाइन्छ । जसले हाम्रो शरीरको प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ ।
डाइटिएन जेनिसा दाहालका अनुसार यो समयमा भिटामिन डि भएका खानेकुरा पनि खानुपर्दछ । जस्तै अण्डा, दुध आदी । तील समेत खान सकिने खाद्य वस्तुमा पर्दछ ।

जसले भिटामिन 'इ' को परिपूर्ति गर्ने सुझाव छ । जाडोमा घ्यू नियमित र थोरै मात्रामा नियमित खानासँग खानु उपयुक्त हुन्छ । यसमा भिटामिन ए, डि, ई, के हुनेभएकोले यसको सेवनले शरीरलाई सन्तुलन राख्न सहयोग पुग्ने गर्दछ । झोलिलो खानेकुरामा अदुवा, मह, ज्वानो, मरिच, दालचिनी मिसाएर सेवन गर्दा शरीरमा न्यानोपन बढाउने गर्दछ । त्यससँगै मनतातो पानी समेत नियमति पीउने गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्