पहाड उक्लियो पहिचानको आन्दोलन

<span class='c1'>पहाड उक्लियो</span> <span class='c2'>पहिचानको आन्दोलन</span>

सुजता लिम्बु
विराटनगर । प्रदेशको नामकरणको विवादले यतिबेला कोशी प्रदेशमा पुनः अशान्तितर्फ लम्किएको छ । फागुन १७ गते तत्कालिन प्रदेशसभाले कोशी नामाकरण गरेपनि पहिचानसहितको पुनः नामकरणको माग उठेको छ । पहिचानपक्षधरले प्रारम्भिमा प्रदेश राजधानी केन्द्रीत आन्दोलन विराटनगरमा केन्द्रीत गरेका थिए । त्यसपछि मुख्य शहरहरुमा आन्दोलनरत पक्षले विरोध गर्दै आएका थिए । पछिल्लो समय पूर्वी पहाडतर्फ आन्दोलन उक्लिएको छ ।

नेकपा एमालेको संकल्प यात्रासँगै यसलाई प्रभावित गर्ने लक्ष्यसहित नामकरण संघर्ष समितिले शुनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्दको आह्वान गरेका छन् । यात्राको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनेसम्मको विरोधमा उत्रिए ।
त्यसो त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई समेत पहिचान पक्षधरले झापाको दमकमा एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा कालो झण्डा देखाएर विरोध जारी रहेको जनाउ दिएका थिए । शनिबार बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका थिए । पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दको समय कुदाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका थिए ।

त्यसो त पहिचानको आन्दोलन एमाले लक्षित भएको भन्ने गुनासो नआएको पनि होइन । एमाले कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपानेले पछिल्लो समय पहिचानको आन्दोलन एमाले लक्षित देखिएको बताउछन् । ‘आन्दोलन एमाले लक्षित देखिन्छ,’ उनले भने,‘त्यस्तो देखिन्छ, त्यस्तो नहुनुपर्ने हो किन भएको हो ?’ पछिल्लो समय पहिचानको आन्दोलनलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नमा उनले विधिबाट टुंगो लाग्ने र कानुनी संवैधानिक हिसाबले हुने भएकाले जर्वजस्ती केही नहुने उनले बताए ।
‘विधि प्रक्रिया कानुन, संविधान अनुसार गर्ने कुरालाई जे निर्णय हुन्छ त्यसैलाई स्वीकार्नुपर्छ र जे हुन्छ त्यही रुपमा हुन्छ त्यसलाई हामीले खुल्लारुपमा लिन्छौ कुनै दुर्भावना छैन,’ उनले भने,‘ त्यसलाई शान्तिपूर्ण, संवैधानिक विधिबाट अगाडी बढाउने विषयलाई हामी केही भन्दैनौँ ।’

एमाले लक्षित आन्दोलन नभएको पहिचानपक्षधरको दाबी

यता, प्रदशे १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले एमाले लक्षित आन्दोलन नभएको दाबी गरे । पहिचानको आन्दोलन एमाले, काँग्रेस कुनैपनि पार्टी लक्षित नभएको बताउदै उनले दश महिनादेखि प्रदेशको नाम खारेज गरेर पुनः नामकरण गर्ने मागसहितको आन्दोलन गरिएको र पक्राउ परेकाहरुलाई रिहाइको मागसहितको आन्दोलन रहेको बताए । प्रदेशका ८२ प्लस ३ सांसदहरुको कुनैपनि औपचारीक कार्यक्रमहरु नगरिदिन आग्रह गरेको भएपनि एमालले कार्यक्रम गरेको हुँदा आन्दोलनको भागेदारीकोरुपमा एमाले देखिएको बताए ।

‘१९ गते कोशीको मुख्यमन्त्री माथि पनि हामीले कार्वाही गरेका छौँ, त्यसले गर्दा एमालेप्रति लक्षित भन्ने गलत बुझाई हो,’ उनले भने,‘तर, अहिले एमाले गर्यो औपचारीक कार्यक्रम काँग्रेसको कार्यक्रममा पनि अवरोध गरेका छौँ ।’ वार्ताका लागि मुख्यमन्त्री कार्कीले मौखिकरुपमा कुरा गरिएको भएपनि औपचारिकरुपमा वार्तामा नबोलाएको उनको भनाई छ ।

अहिलेसम्म आन्दोलनमा उत्रिएका ६७ जनालाई प्रहरीले गिरफतार गरेको उनले जानकारी दिए । बन्दकर्ताप्रति प्रशासन कडारुपमा गएकाले पक्राउ परेका आन्दोनकारीलाई बिनासर्त रिहाई नगरे आन्दोलनका कार्यक्रम थप गरेर कडारुपमा प्रस्तुत हुने उनको भनाई छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्