भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा बढीको मृत्यु

<span class='c1'>भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु</span> <span class='c2'>प्रान्तमा सयभन्दा बढीको मृत्यु</span>

सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा बढीको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

भूकम्पमा परेका थप मानिसहरूको खोजी जारी रहेकोले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

अत्यधिक चिसोका कारण पनि मानिसहरूलाई थप कठिनाइ भएको समाचार संस्थाहरूले उल्लेख गरेका छन्।

भूकम्प प्रभावित ग्यान्सु प्रान्तमा सोमबार राति तापक्रम माइनस १४ डिग्रीसम्म पुगेको थियो। भूकम्प गएपछि कतिपय मानिसहरू बाक्ला ओड्नेसहित घर बाहिर निस्किएर आगो बालेर बसेक थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्