कहाँ पुग्यो प्रादेशिक संरचना निर्माणको प्रकिया ?

<span class='c1'>कहाँ पुग्यो प्रादेशिक संरचना</span> <span class='c2'>निर्माणको प्रकिया ?</span>

सुजता लिम्बू
विराटनगर । दोस्रो कार्यकालको यात्रामा रहको कोशी प्रदेश सरकारले अहिलेसम्म प्रादेशिक संरचना निर्माण गर्न सकेको छैन । प्रदेश सभाको पहिलो कार्यकाल संघीयताको सिकाइमै सकिएको भन्दै अघिल्लो सांसदहरु बिदा भएका थिए ।

अहिले दोस्रो कार्याकालको एक वर्ष वितिसक्दा पनि प्रदेश सरकारको भौतिक संरचाना निर्माणमा प्रगति गर्न सकेको छैन । तत्कालीन अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट लगभग दुई तिहाई बहुमतको सहरकारको नेतृत्व गरेको एमालेले एकल बहुमतको सरकार सञ्चालन गरेको थियो ।

करिब साढे तीन वर्ष सरकारको तेनृत्व एमालेका शेरधन राईले गरेका थिए । पार्टीभित्र आन्तारिक विवाद भित्रिएपछि विवाद समाधान गर्न ०७८ भदौ १० मा एमालेका भीम आचार्यालाई सरकारको नेतृत्वको जिम्मा लगाए । तर, आचार्यले सरकारको जिम्मेवारी सम्हालेको एकहप्तामै अल्पमतमा परेका थिए । अल्पमतमा परेको आचार्य नेतृत्वको सरकारले राजीजिनामा दिएसँगै तत्कालिन प्रदेश १ मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई तेश्रो मुख्यमन्त्री बने ।

अघिल्लो सरकार गठन भएको ५ वर्ष वितेर अहिले दोश्रो कार्यलकालको एकवर्ष बित्दा समेत प्रादेशिक संरचनाका काममा खासै सफलता हासिल गर्न सकेन । तत्कालिन अवस्थादेखि हालसम्म पनि प्रदेश सरकार मातहातका कार्यालयबाट सञ्चालनमा छन् । पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको सरकारले अहिलेको मुख्यमन्त्री केदारकार्कीको नेतृत्वमा प्रादेशिक संरचना निर्माणका लागि जग्गा छनौटको काम थालेका थिए । कार्की तत्कालिन आन्तरिक मामिला तथा काुनन मन्त्री थिए ।

सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग समेत गरेका थिए । साही अनुरुप विभिन्न स्थानबाट जग्गाा दिने प्रतिबद्धता जनाएको समेत तत्कालिन मुख्यमन्त्री राईलाई प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री पूर्व कानुन मन्त्री समेत रहेका मुख्यमन्त्री कार्कीले बताएका थिए । तर, यसले पूणर्ता भने पाउन सकेको छैन । दोस्रो कार्यकालको दौडानमा रहेको प्रदेश सरकार राजनीतिक किचलोमा अल्झिएर एक वर्ष विताएको छ । दोश्रो पटकको संसदीय यात्रामा प्रदेशको नेतृत्व प्राप्तिको हानाथापमा कोशी प्रदेशले एक वर्षमा तीनजना मुख्यमन्त्री पायो ।
पहिलो पटक एमालेका हिक्मतकुमार कार्कीले प्रदेशको नेतृत्वको बाघडोर सम्हाल्न भ्याए । संघको राजनीतिक समिकरण अनुसार माओवादी केन्द्र र जसपाले एमाले सरकारलाई दिएको समर्थन र्फिता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा पर्यो । सोही अनुसार नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापा प्रदेश सरकारको नेतृत्वमा पुगे अर्थात मुख्यमन्त्रीमा नियुक्त भए । थापा नेतृत्वको सरकार पनि नियुक्त भएको एक महिना नवित्दै ढलेको थियो । सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त भएको भन्दै सर्वोच्चले थापा नेतृत्वको सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गरेको थियो ।

त्यसपश्चात दोस्रो पटक पनि थापा नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विस्वासको मत प्राप्त गरेको विरुदमा नेकपा एमालेले सर्वोच्च आदलमा मुद्दा दर्ता गराएको थियो । सोही अनुसार दोश्रो पटक पनि थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै सर्वोच्चले बदर गरको थियो ।

यस्तै सरकार ढाल्ने र जोगाउने बीचको चेपुवामा परेको कोशी प्रदेश सरकारको नेतृत्वमा आफ्नो ८ जना सांसद लिएर नेकपा एमालेको समर्थनमा प्रदेशको नेतृत्वको बाघडोर सम्हाल्न नेपाली काँग्रेसका केदार कार्की पुगेका छन् । जग्गा छनौटको प्रक्रिया कहाँ पुग्यो ? भन्ने प्रश्नमा आन्तरिक मामिला तथा कनुनमन्त्री एवम् सरकारका प्रवक्ता समशेर राईले जग्गाको तयारीमा रहेको बताए । उनले भने,‘ दुईवटा जग्गा हामीलाई उपलब्ध हुने भन्ने प्रोसेसमा गएको छ, प्रोसेस पुरा भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्