मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैनः प्रधानमन्त्री दाहाल

मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैनः प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामाकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । अतिवादतिर जान दिन नहुने बताउदै यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढंगले यसको समाधान गर्नुपर्ने बताए।
“ नामको विषयमा आन्दोलनमा जाने साथीहरुलाई पनि भेटेर एक्स्ट्रिममा जान दिनुहुँदैन भनेको छु ।’उनले भने । एक वर्षमा आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि सरकार असफल भने नभएको बताए ।

‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सिमा र अप्ठ्यारो हुन्छन्’ उनले भने, ‘सबैलाई मिलाएर लाने जिम्मेवारी हो । तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ ।’
अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा पनि सरकार सफल रहेको उनका भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको बताए । ‘

मिडियाले पुरै विषय नबुझी लेखिदिएर नागरिकमा पनि कतिपय भ्रम सिर्जना भएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक न्याय, मिटरब्याज पीडितको मुद्दा सम्बोधन, नागरिकता समस्याको समाधान तथा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा ऐतिहासिक काम भएको दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको बताउँदै विधि, विधान र कानूनभन्दा माथि कसैलाई पनि छुट नहुने बताए ।

आफ्नो पार्टीको नामबाट कम्युनिष्ट हटाउन लागेको भन्ने चर्चा सहि नभएको भन्दै प्रचण्डले माओवादी केन्द्रको सट्टामा समाजवादी केन्द्र हुनसक्ने बताए । ‘कम्युनिष्ट पार्टीको नाम परविर्तन हुँदैन । खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र पनि हुनसक्छ’ उनले भने, ‘भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी समाजवादी भन्ने पनि हुनसक्छ भन्ने छलफलमा हामी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्