सत्यको विगुल

<span class='c1'>सत्यको</span> <span class='c2'>विगुल</span>

-राजन प्रसाद न्यौपाने
खै के भएको होला
आज आकाश
गजधुम्म परेर
कराइरहेको छ
मानौ,
आज उसलाई बेस्सरी
पेट दुःखेको छ
पीडाले छाती चिरिएको छ
मुटु जलेको छ
नदेखिने आगोको मुस्लोले
हृदय पोलेको छ
आगोका मुस्लाहरू
चट्ट्याङ बनेर बर्सेका छन् ।

याद छ प्रिय !
आज त्यहि दिन हो नि!
तिमी र म हतारिँदै
मन सुस्ताउने
स्थानको खोजमा
त्यो माथि माथि
अझ माथि
भीमकाय उकालो पार गरेर
जंगलको माथि
चिसो हावा लाग्ने
डाडाको चुचुरोमा
पुगेका थियौ
अन्जान अन्जानमै ।

खुल्ला चौरको एक किनारा
चारैतिर आकाश
गजधुम्म परेर
क्षितिजसँग जिस्किरहेको थियो ।
बाटोमुनीका घरहरूमा
मानव समूह सल्वलाइरहेका थिए
हाम्रा मायाका बूँदहरू
भुईमा खस्न नपाउँदै
आकाश आज जस्तै
कराउन थाल्यो
गड्याङगुडुङ्ग गरेर
वतास चल्यो
पानीका थोपा थोपाहरू
सिरोटसँगै मिसिएर
खस्न थाले
हामी पनि हतारहतारमा
ओरालो झरेर
ओतको खोजमा निस्केका थियौँ ।

सम्झ त प्रिय !
त्यो कठिन घडीमा
तिमीले मलाई आँचल उठाएर
ढाकेकी थियौ
मैले छातीमा तिमीलाई
लपक्कै टाँसेको थिएँ
हाम्रो ओत बनेर
छहारी दिइरहेथ्यो हाम्रो माया।
वादलको घेरा चिरेर
हामीलाई चुम्बन दिएको
सूर्यको जस्तै गरी ।
त्यसैले प्रिय !
आकाशले, धर्तीले,पापका पर्दाले
छेक्दैन आत्माको मिलनलाई
प्रेमको सागरलाई ।
हो प्रिय !
मात्र प्रतिक्षा
कठिन हुन्छ–सत्यको
विगुल बज्ने समयको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्