मनन गरौँ एक कहानी

<span class='c1'>मनन गरौँ</span> <span class='c2'>एक कहानी</span>

-रिवन बस्नेत
एउटा बालक जन्मियो र नाम राखियो राम,
मातापिता जागिरे थिए गर्थे काम,
मनिष नामको दाईसँग रमाउथ्यो राम,
थियो परिवारमा सुख शान्ति नभएनी धेरै दाम।

नङ र मासुझैं थिए ती दाजुभाइ,
माता पिताको माया प्राप्त हुन्थ्यो दुबैलाई,
एक दानाले हैन,भावले परिवार गाँसिएको थियो,
तर समयले पनि बिस्तारै त्यो एकता खोस्दै थियो।।

समय बित्यो, ठूला भए राम र मनिष,
अनि वृद्धि भयो आपसमा डाहा र रिष,
नङ र मासुको द्वोन्दले भरिन थाल्यो,
एक अर्काको केवल आलोचना गरिन थाल्यो।।

बाआमा टुलुटुलु हेर्थे आफ्ना मुटुका दुई टुक्रा,
भावनात्मक रूपमा दुबै भैसके खोक्रा,,
टुटेको त्यो एकताले ति दम्पत्तिलाई सताउँथ्यो,
आर्थिक विषयले फाटो आएको त्यो अवस्थाले बताउथ्यो।।

फाटो सिउने प्रयास विफल हुँदै विवाहको कुरा भयो,
तयारीहरु त्यसका निम्ति अगि बढ्दै गयो,
बाआमा छोराको परिवार बसेको देखेर गदगद थिए हर्षले,
तर झनै पारिवारिक समस्या ल्यायो बिहे पछिको वर्षले।।

गृहलक्ष्मीले देखाईनन् परिवार एक राख्नमा जोश,
पति र आफू मात्र एक परिवार हौं भन्ने थियो सोच,
जन्माउने, हुर्काउने मातापिताको गरेनन् चिन्ता,
मन त अलग थियो नै, अझ छाना अलग बन्यो अनि बाँडियो घरको भित्ता,।।

छुट्टिए बाल्यकालका ति नङ र मासु पूर्णरूपमा तब,
उनीहरू अलग्गै बस्न थाले घरबाट टाढा जब,
मति बिग्रेका दुवैले, मातापिताको साथ किन रोजुन,
भेट्ने छैनन् त्यो निस्वार्थ माया चाहे जहाँ खोजुन।।

प्रेमको धागोले बाँधिएको थियो, त्यो धागो पनि टुट्यो,
एक अर्काको तागत गर्ने प्रवृत्ति नै कता कता छुट्यो,
एक अर्कालाई तल झार्ने चक्करमा दुबैको नैतिकता गुम्यो,
न जीवनमा खुसी आयो, नत कसैले सफलता चुम्यो।।(२)

दुबैको मन निश्चल भएको भए, आउँदैन थियो होला त्यो स्थिति,
जीवनमा सुख शान्ति आई, टाढा भाग्ने थ्यो त्यो व्येतिथि,
छाना विभाजित भएर के भयो त मन एक हुनुपर्थ्यो,
हामी सबै बुझौँ यो कुरा जुन राम र मानिसले बुझ्नुपर्थ्यो।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्