विराटनगर । मोरङको मिक्लाजुङमा माओवादी पार्टीको अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुने कार्यक्रममा प्रदेश सांसदहरु साथै मन्त्रीहरु उपस्थिति नहुने भएका छन् ।
आज मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान कार्यक्रमको भव्य तयारी गरिएको छ । सोही कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तयारी रहेको छ । तर, कोशी प्रदेश पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका कुनै पनि सांसद प्रधानमन्त्री दाहाल उपस्थित हुने कार्यक्रममा कोशी प्रदेशका मन्त्रीहरु र सांसदहरुलाई सहभागी नगराउन ध्यान आकार्षण गराएका छन् ।
पहिचान पक्षधरले कोशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगाउन आग्रह गरेपछि सांसद र मन्त्री कायर्कक्रममा सहभागी नगराएको माओवादी केन्द्रका सदस्य कुलप्रसाद साम्बाले जानकारी दिए ।
बिहिबार मात्रै पर्यटन , वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलाई पहिचानपक्षधरले कालो झण्डा देखाएका थिए । मन्त्री उप्रेती क्रिसमस कार्यक्रममा सहभागी जनाउन केराबारी पुगेको थिए ।
सोही क्रममा उनलाई पहिचानपक्षधरले कालो झण्डा देखाउदै नाराबाजी समेत गरेका थिए ।
फोटो:फाइल