मोरङको पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्छु: प्रधानमन्त्री दाहाल

<span class='c1'>मोरङको पथरी शनिश्चरेको सुकुम्बासीको समस्या</span> <span class='c2'>समाधानमा पहल गर्छु: प्रधानमन्त्री दाहाल</span>

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मोरङको पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्ने बताएका छन् ।

मोरङको मिक्लाजुङ ४ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्ने र किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।
उनले प्रतिबद्धता अनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताएका छन् । मोरङको मिक्लाजुङ ४ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मन्त्री दाहाले यस्तो बताएका हुन् । आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता समते उनले व्यक्त गरे । उनले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्