- शरद प्रधानाङ्ग
डालीबाट झरेपछि फूल पनि त पतझर हुन्छ
बाँचुन्जेल मात्र हो कोहि कसैको भर हुन्छ
पीडा छोपी बाँच्नु पर्ने रहेछ संसारको नियति
छातीमा पीडा भएनी मुस्कानमा अधर हुन्छ
सम्पत्ति नहुँदा साँच्चै एक्लो भईन्छ दुनियाँमा
धन सम्पति भए कैयौं नातागोता लस्कर हुन्छ
भोली कसले पो देखेको छ यो स्वार्थी संसारमा
स्वार्थमा बाँच्ने मान्छेको आँखामा जहर हुन्छ
एक्लिएको मन खोजी रहन्छ हजारौं भिडमा
झन् आँसु पोखिएपछि परेली पनि बगर हुन्छ।