पानी नपाएरै सुक्यो विराटनगर शहरको हरियाली : कोशी राजमार्गको डिभाइडरमा खर्च बढ्यो, रुख बढेन

<span class='c1'>पानी नपाएरै सुक्यो विराटनगर शहरको हरियाली :</span> <span class='c2'>कोशी राजमार्गको डिभाइडरमा खर्च बढ्यो, रुख बढेन</span>

इन्दु साह
विराटनगर । विराटनगर बरगाछीचौक दक्षिण कोशी राजमार्गको एउटा डिभाइडर जालीले छेकिएको छ । भित्र ढकमक्क फूल फुलाइएको छ । बिरुवा जाग्दै पालुवा फेरिरहेका छन् । हेर्दै ढकमक्क फूलले शहरको सुन्दरताको संकेत गरिरहेको आभास हुन्छ । तर, यो आभासपन २० सिकेण्ड नपुग्दै शहरमा खडेरी लागे झैं हुन्छ । शहर भित्रको सुन्दरता झल्काउन भन्दै रोपिएका बिरुवा खडेरीका शिकार भईरहेका छन् । भनौं पानी नपाएरै सुकिरहेका छन् ।

संविधान दिवसको अवसर पारेर तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की (हाल मुख्यमन्त्री) विराटनगर महानगरपालिकाका जनप्रतिनिधि समेतको उपस्थितिमा कोशी राजमार्ग अन्तर्गत विराटनगर क्षेत्रको डिभाइडर (केन्द्रभाग) मा बृक्षारोपण गरिएको थियो । विराटनगर महानगरपालिकाले २२ हजार बिरुवा रोपिएको खर्च देखाएको छ । तर, यसरी तामझाम साथ रोपिएका बिरुवाले जरा हाल्न सकेका छैनन् । वर्षात्मा बाहेक बिरुवाले पानी नपाउँदा सुक्दैसुक्दै गएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको बरगाछी कार्यालय अगाडीको डिभाइडरमा तारजाली लगाएर फूल रोपिएको छ । महानगरपालिकाले हरियाली नगर बनाउन रोपेका बिरुवालाई समेत संरक्षण गरेपछि अहिले त्यहाँ रुखले जरा गाडिसकेको छ, पालुवा फेरिरहेको छ । संरक्षण गर्दै पानी लगाउँदा मात्रै बिरुवा जाग्छन् र फूल फुल्छन् भन्ने उदाहरण सिएनआई अफिस अगाडी देखिएपनि बाँकी क्षेत्रको संरक्षणमा कसैको ध्यान पुगेको छैन ।

सिएनआई कोशीका महानिर्देशक बिजयहरी शर्माका अनुसार झण्डै दुईलाख खर्चेर बिरुवा तथा फूलको संरक्षणका लागि तारजाली लगाइएको हो । अहिले त्यहाँका बिरुवा तथा फूलमा दैनिक पानी हाल्ने काम हुँदै आएको छ । संघले विराटनगर महानगरपालिकासँग पानीका लागि बारम्बार आग्रह गरेको भएपनि सहयोग नपाएपछि आफैं खर्च गरेर बिरुवा तथा फूल हुर्काएको शर्माले जानकारी दिए । रोपिदिएर मात्रै हुन्न, त्यसको संरक्षण नभए बिरुवा जाग्दैन भन्ने उदाहरण सिएनआई कार्यालय अगाडीको क्षेत्र  हेर्दा अनुभव गर्न पाइने अवस्था छ ।

डिभाइडर क्षेत्रमा बृक्षारोपण गरिएका दिन जनप्रतिनिधिको भनाई थियो–बिरुवा रोपेर मात्रै हुँदै संरक्षण गर्नुपर्दछ । संविधान दिवसको दिन रोपिएका बिरुवाको स्थानीय सरकारले संरक्षण गर्नेछ, हुर्काउने छ । तर, स्थानीय सरकारले बिरुवाको खर्च स्वीकृत बाहेक संरक्षण भने गरेको छैन । गत असोजमा एकवर्ष भएका बिरुवा अहिले धेरै सुकिसकेका छन्, कतिपय जेनतेन भएर औल्याउन थालिसकेका छन् । तर, पनि पानी भने पाउनेवाला छैनन् ।

विराटनगरमा संस्थागत रुपमा वृक्षारोपण कार्यक्रममा वर्षेनी लाखौ खर्च हुने गर्दछ । कतिपय संघसंस्थाले पनि बिरुवा रोपेर आफ्ना दिवसहरु मनाईरहेका हुन्छन् । तर, यसरी रोपिएका बिरुवा जगाउनका लागि गर्नुपर्ने पहल कहिल्यै पुगेको देखिदैन । जसले गर्दा खर्च बढ्दैछ, बिरुवा बढ्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्