विराटनगर कारागारमा कैदीको मृत्यु प्रकरण : मिटरब्याजले व्यवहार खायो, कारागारले ज्यान

विराटनगर कारागारमा कैदीको मृत्यु प्रकरण : मिटरब्याजले व्यवहार खायो, कारागारले ज्यान

देवराज तामाङ
विराटनगर । विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनी दश महिना २२ दिनको कैद भुक्तान गरेर सोमबार घर फर्कने दिन थियो । मिटरब्याजीको जालमा परेर उनी मोरङ कारागार पुगेका थिए । उनको अपराध भनेको ठेला छोडेर सिटी किन्न ऋण लिनु थियो ।
सहनी विरुद्ध लेनदेन ठगी मुद्दा थियो । मोरङ जिल्ला अदालतको २०७८ मंसिर २० गतेको फैसला अनुसार उनलाई दोषी ठहर गरिदिएको थियो । त्यहि आधारमा उनलाई प्रहरीले २०७९ माघ १७ गते पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । फैसला अनुसार उनी कारागार चलान भएका थिए । कैद भुक्तानपछि सोमबार घर फर्कन्थे ।

अपसोच ! घर फर्कने दिन नै कोशी अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको खबर परिवारलाई दिईयो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको दावी कारागार प्रशासनले गर्दै आएको छ । तर, आफन्तले भने शुक्रबारसम्म राम्रो अवस्था रहेको व्यक्ति एक्कासी सोमबार बिहान ‘मृत्यु भयो’ भनेर घरमा फोन गरिनुलाई शंकास्पद रुपमा लिएका छन् ।

मृतक सहनीकी छोरी पुजाका अनुसार ठेला चलाएर परिवार पालिरहेका बुबालाई विराटनगर–१० का दुर्गीनारायण साहले टेम्पो किन्न सुझाव दिएका थिए । दुईलाख पैसा पनि साहले नै दिए । तर, ऋण भुक्तानको प्रणालीमा मिटरब्याज जडान भएपछि सहनीले साहसँग घुँडा टेक्नु परेको थियो । त्यहि कारणले उनको व्यवहार डुब्यो, दैनिकी कारागार पुग्यो र ज्यान गयो ।

पुजाका अनुसार दुई लाख रुपैयाँ लिएको ऋण चार लाख बुझाउँदा समेत साहले टेम्पो जफत गरेर लिएका थिए । एउटा एलसिडी टिभी समेत उनले लगेका थिए । बारम्बार पैसा बुझाएर सकार गर्दा समेत नसकिएपछि उनले मुद्दा हाले । दोषी ठहर भएपनि सहनी कारागार चलान भए ।
छोरी पुजाले मंगलबार मुख्यमन्त्री केदार कार्कीको हात समाएर भनिने–‘हामीलाई न्याय दिनु, पहिले बिचल्ली बनायो, अहिले ज्यान लियो ।’ उनले बुबाको मृत्यु नभई हत्या भएको दावी गरिन् । कारागार प्रशासनले समेत बिरामी भएर अस्पताल भर्ना गरेको जानकारी नदिएको र मृत्यु भएपछि मात्रै फोन गरेको उनको आरोप छ ।

मुख्यमन्त्री कार्कीले घटनाको विषयमा आफूले बुझ्ने र पीडित परिवारलाई न्याय दिन साथमा उभिने आश्वासन दिएका थिए । ‘गरिब मान्छेले जीवन चलाउन जस्तो श्रम गरेर भएपनि परिवार पाल्छ’ छोरी पुजाले डाँको छोडेर रुँदै भनिन्–कारागार नै जानु नपर्ने बुबालाई जालझेल गरेर पठाइयो, त्यहाँ पुगेपछि घर फर्कने दिन हत्या गरियो । उनले न्याय नपाउँदासम्म आफूहरुले शव नबुझ्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्