मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर एक्स्पो अवलाेकन गरे

<span class='c1'>मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट</span> <span class='c2'>काटेर एक्स्पो अवलाेकन गरे</span>

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ काे बुधबार अवलाेकन गरेका छन् ।

एक्स्पाे आयाेजक माेरङ व्यापार संघले मुख्यमन्त्री कार्कीकाे निवासमा नै पुगेर एक ठेली पास दिएर अवलाेकनका लागि मंगलबार आमन्त्रण गरेका थिए। तर उनले एक्स्पाेकाे प्रबर्द्धनका लागि आफैँ टिकट काटेर अवलाेकन गरेका हुन् ।

´विपन्न गरीवले टिकट काटेर एक्स्पाे हेरिरहेकाे अवस्थामा सार्वजनिक पद धारण गरेका र हुनेखाने वर्गले निःशुल्क पास लिएर हेर्न मिल्छ?,` उनले भने, ´त्यसैले आयाेजकले पास उपलब्ध गराए पनि आफैले टिकट काटेर एक्स्पाे अबलाेकन गरेँ ।` आयाेजकले एक्स्पाे हेर्नका लागि हुनेखाने वर्गभन्दा पनि विपन्न, गरीवलाई निःशुल्क रूपमा एक्स्पाे अवलाेकनका लागि पास उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्