सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज एक हजार तीन सय रुपैयाँ बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बिहीबार सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसभन्दा अघि गत मङ्सिर १८ गते सुन प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्