विराटनगरमा छैन फोहोर वर्गीकरण चेतना : जसले फैलाईरहेछ ब्रम्हपुरामा दुर्गन्ध र झिंगा

<span class='c1'>विराटनगरमा छैन फोहोर वर्गीकरण चेतना :</span> <span class='c2'>जसले फैलाईरहेछ ब्रम्हपुरामा दुर्गन्ध र झिंगा</span>

इन्दु साह
विराटनगर । घरमा उत्पादन हुने फोहोर वर्गीकरण चेतना नहुँदा त्यसले पु¥याउने असर विराटनगर–६ ब्रम्हपुराको डम्पिङ साइट पुगेपछि मात्रै थाहा हुन्छ । ब्रम्हपुरामा विराटनगरका घरमा उत्पादन भएको फोहोर प्लाष्टिकमा पोको पारिएको अवस्थामा पु¥याइन्छ । कुहिने/नकुहिने फोहोर एकै पटक एउटै सवारी ढुवानीबाट त्यहाँ पुग्ने हुँदा त्यसको असर स्थानीयलाई परेको छ ।

अझै यो रित तीनवर्षसम्म रहने छ । विराटनगर महानगरपालिकाले नयाँ डम्पिङ साइटका लागि जग्गा खरिद गरेपनि त्यहाँको व्यवस्थापन गर्ने काम सुरु गरेको छैन । विराटनगर महानगरपालिका शहरी स्वास्थ्य तथा सरसफाई महाशाखा प्रमुख पुनम दाहालका अनुसार ब्रम्हपुराबाट डम्पिङ साइट सार्न अझै तीनवर्ष कुर्नुपर्ने अवस्था रहेको छ । उनले ब्रम्हपुराको डम्पिङ साइटको विकल्प तत्काल कुनै पनि स्थान नभएकोले त्यहिं रहने जानकारी दिए ।

ब्रम्हपुरामा डम्पिङ साइट स्थापना गर्दा बस्ती पातलो थियो, अहिले बस्ती बाक्लो हुँदै गएपछि विकल्प बारेका योजना अगाडी बढाइएको छ । महानगरपालिकाले विराटनगर–१६ मा फोहोर डम्पिङका लागि जमिन खरिद गरेको छ । उक्त जमिनमा व्यवस्थित डम्पिङ साइट निर्माण गर्न दातृ निकायसँग छलफलको चरणमा रहेको दाहालको भनाई छ । महानगरपालिकाले डम्पिङ साइट निर्माणको प्रक्रिया प्रारम्भिक रुपमा बढाईरहेको भएपनि नगरवासीमा फोहोर वर्गीकरणको चेतना भने दिन सकेको देखिदैन ।

महाशाखा प्रमुख दाहालका अनुसार घरमा उत्पादन भएका फोहोर र अन्य ठोस फोहोर प्लाष्टिकको झोलामा पोको पारेर डस्पिनमा हाल्ने गरिएको बताए । उनले यस्तो अवस्थामा कुहिने र नकुहिने फोहोर एउटै सवारीमा ब्रम्हपुरा पु¥याएर पोख्ने गरिएको जानकारी दिए । त्यसपछि ब्रम्हपुराको फोहोरको डंगुरबाट त्यसलाई छुट्याउने गरिएको छ । पुनः प्रशोधन गर्न मिल्ने किसिमको कार्टुन, प्लाष्टिकका भाँडावर्तन, फलामका टुक्राहरु सफाई साझेदार कम्पनीले नै छुट्याउने जिम्मेवारी पाएको छ । कम्पनीले खटाएका सफाई कामदारले वा अन्य निजी कम्पनीले समेत त्यहाँबाट फोहोर छुट्याउने गरेका हुन् ।

विराटनगर महानगरपालिकाको फोहोर संकलन गर्न तीन वटा निजी साझेदार कम्पनीसँग विराटनगर माहानगरपालिकाले सम्झौता गरेको छ । यी कम्पनीले संकलन गरेको फोहोर वडा नं. ६ मा रहेको ब्रम्हपुरा डम्पिङ गरिर्दै आएको छ । महानगरको उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्र सगरमाथा मल्टिसप्लायर्सले फोहोर संकलन गर्दै आएको छ ।

नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोलका प्रमुख उमेस कटुवालका अनुसार डम्पिङ साइट व्यवस्थित हुनुपर्ने बताए । उनले व्यवस्थित डम्पिङ साइट भए उत्पादन भएका फोहोर बर्गिकरणमा सहज हुने बताए । उनले ब्रम्हपुराको डम्पिङ साइट क्षेत्रमा बिरुवा रोप्ने तयारी भइरहेका बताए । उनले कम्पनीले आफैं फोहोर छुट्याउन नसक्ने अवस्था रहेको जानकारी दिएका छन् ।

यसैगरी मध्यभागको स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका अध्यक्ष कृष्ण तिम्सिनाले निजी कम्पनीले महानगरपालिकाले देखाई दिएको डम्पिङ साइटसम्म फोहोर पु¥याउने काम गर्ने बताए । उनले ब्रम्हपुरामा हप्तामा दुई पटक गन्ध र झिंगा मार्ने औषधी छर्कने गरेको दावी गरेका छन् । उनले धनगडीले फोहोर छुट्याएर त्यसको सदुपयोग गरिरहेको उदाहरण दिदैं विराटनगरमा समेत त्यो सम्भव भएको बताए । दक्षिणी क्षेत्रको सगरमाथा मल्टि सप्लायर्सका परीयोजना प्रमुख धनकुमार लामाका अनुसार फोहोर छुट्याउने प्रोजेक्ट महानगरपालिकालेनै ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्