उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह

<span class='c1'>उत्तर कोरियाली नेता किमद्वारा युद्धको</span> <span class='c2'>तयारीलाई तीव्रता दिन आग्रह</span>

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।

आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो ।

उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन् २०२४ का लागि महत्त्वपूर्ण नीतिगत निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्योङयाङको सरकारी समाचार संस्था कोरियाली केन्द्रीय समाचार निकाय (केसएिनए) का अनुसार किमले पार्टीलाई सैन्य तथा आणविक हतियारलगायत सबै क्षेत्रमा युद्धको तयारीलाई थप तीव्रता दिन आग्रह गर्नुभएको हो ।

उहाँले वासिङ्टनसँगको ‘अभूतपूर्व’ उत्तरविरोधी मुठभेडका कारण कोरियाली प्रायद्वीपमा ‘सैन्य स्थिति’ ‘चरम’ भएको पनि बताउनुभयो ।

सियोल, टोकियो र वासिङ्टनले यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको रेकर्ड तोड्ने शृङ्खलाको सामना गर्दै रक्षा सहयोग बढाएका छन् र हालै उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।

यसै महिनाको सुरुमा दक्षिण कोरियाको बन्दरगाह सहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी आइपुगेको थियो र वासिङ्टनले सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा बी–५२ बमवर्षक विमानजस्ता अमेरिकी रणनीतिक सम्पत्तिको सहभागितालाई ‘अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो ।

प्योङयाङले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरेको छ । प्योङयाङले आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको छ र आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ ।

उत्तर कोरियाली नेता किमले यसै साताको सुरुमा सन् २०२३ लाई ‘ठुलो परिवर्तनको वर्ष’ का रूपमा परिभाषित गर्नुभएको थियो । यसमा प्योङयाङले ‘आफ्नै स्याटलाइटबाट विश्वलाई देख्ने विजय’ प्राप्त गर्ने उद्देश्य लिएको थियो ।

गत हप्ता संयुक्त राष्ट्रसङ्घको आणविक हतियारमामिला हेर्ने निकायले उत्तर कोरियाको योङब्योन आणविक केन्द्रमा रहेको दोस्रो रिएक्टर सञ्चालनमा आएको भन्दै यसलाई ‘अत्यन्त खेदजनक’ कार्य भनेको थियो ।

‘वर्ल्ड इन्स्टिच्युट फर उत्तर कोरिया स्टडिज’का सञ्चालक आन चान इलले एएफपीसँग भन्नुभयो, “उत्तर कोरियाले अन्तरकोरियाली सीमा नजिकका क्षेत्रमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने र नयाँ वर्षमा आफ्नो आणविक कार्यक्रमलाई अझ अगाडि बढाउने सम्भावना छ ।”

प्योङयाङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकामाथि ‘ठुलो दबाब’ सिर्जना गर्न र परम्परागत सहयोगी रुस र चीनसँग घनिष्ठ सम्बन्ध कायम राख्न यस्तो कदम चाल्ने उहाँले बताउनुभयो ।

गत वर्षको अन्त्यमा भएको पार्टी बैठकमा किमले ‘देशको आणविक शस्त्रागारमा उल्लेखनीय वृद्धि गर्न’ आह्वान गर्नुभएको थियो ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले यसै महिनाको सुरुमा वासिङ्टनमा आफ्नो आणविक परामर्श समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँग द्वन्द्वको स्थितिमा आणविक निरोध विकल्पहरूबारे छलफल गरेका थिए ।

उनीहरूले प्योङयाङले अमेरिका वा दक्षिण कोरियामाथि गरेको कुनै पनि आणविक आक्रमणले किम शासनको अन्त्य हुने चेतावनी दिएका छन्

त्यसपछि उत्तर कोरियाको रक्षा मन्त्रालयका एक प्रवक्ताले अर्को वर्ष वार्षिक संयुक्त सैन्य अभ्यासलाई विस्तार गर्ने र यसमा आणविक अपरेसन ड्रिल समावेश गर्ने अमेरिका र उसका सहयोगी राष्ट्रहरूको योजनाको आलोचना गर्दै यसलाई ‘आणविक टकराबको बारेमा खुला घोषणा’को संज्ञा दिनुभएको थियो । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्