- कान्ता भट्टराई
दिन बेग्लै थियो हामी भेट्दा रात बेग्लै थियो
आँखा जुदाई लाजाउँदा को बात बेग्लै थियो
रोकिन्छ झैं भयो धड्कन हर्षित भएर मन
त्यो एकान्तमा जवानीको मात बेग्लै थियो
धोकेवाज मरे हुन्थ्यो भन्छौ अरे अचेल तिमी
रुँदा नरोउ भन्दै आँशु पुछ्ने हात बेग्लै थियो
सातै जुनी तिम्रो भनी गरिएको वाचा कसम
विश्वास दिलाएर गरेको घात बेग्लै थियो
आफै बसी राज गरेको मुटु टुक्राटुक्रा पार्यौ
दुखाई रहने चोटहरुको खात बेग्लै थियो।