-विनोद विवश
सत्य कुरा सत्य हुन्न ?आँखाले देखेर पनि
तिमी बाँच्नुपर्छ टाउकोले धर्ती टेकेर पनि
बिर्सनेलाई भुल्न गाह्रो रहेछ जिन्दगीमा
नरौं भन्छु रुन्छन् आँखा तिमी सम्झेर पनि
निधि खोजी कति कति गर्लान् यो समाजले
बाँची रहेछन् मान्छे भित्र भित्र मरेर पनि
मान्छेको स्वाभाब नै यस्तो डाहा गर्नै तम्सिने
हाँसी हाँसी बोली दिन्छ मनमनै जलेर पनि
यो दुनियाँमा पाईदैन रिसको ओखती साथी
पाएँ भने खुवाइ दिन्थे तिमीलाई घोटेर पनि