-राजनप्रसाद न्यौपाने श्रीयम
ओहो ! कस्तो दिन आज
घनघोर पानी परेको छ
मानौ,
अदृश्य पीडाले आकाशको हृदय
जलेको छ
मन भतभति पोलेको छ
आँशु वादललाई छिचोलेर
पृथ्वीमा झरेका छन्
सूर्य वादलभित्र लुकेर
समवेदना दिइरहेछ
पीडाको घुम्टो खोलेर
आकाशलाई मुस्कुराउन
भनिरहेछ ।
त्यहि सौर्य मण्डलका
ग्रह, नक्षत्र, ताराहरूले
आकाशको अस्तित्व
बिर्सिएर
बिरानो बनाउन खोज्दा
आफ्ना र अर्काका भनेर
कतै झुल्कने
कतै झुल्कने
कतै उदाउने, कतै अस्ताउने
कतै अन्धकार बनाएर
प्रकृतिको नियमलाई
भत्काउने
गरेको थाहा पाएर
आकाशको विशाल छाती
भारी भएर पीडाले
दुःखको छ
छाती दुखेको वेदनाले
पसिना असिना बनेर
पृथ्वीमा झरेको छ
हो प्रिय !
आज तिम्रो शहरको माथि
अझ माथि आकाशबाट
घनघोर वर्षा भएको छ
सम्झना छ प्रिय ! तिमीलाई
आज त्यहि दिन हो नि !
आकाशले नजिकै आएर
साउती मार्न मिल्ने
गजधुम्म भएर ठडिएको
माथिको डाँडामा
खुल्ला आकाश मुनी
हामीले हाम्रो मायाको मुटु
ईश्वर सामु प्रमाण देखाइरहदा
आकाश सायद खुशी भएर होला
हर्षका आँशु जल भएर
बर्सन थाल्दा
हामी ओतको खोजमा
हतार–हतार सडक किनारका
पसल छेउ आइपुगेका थियौ नि!
सम्झना छ कि
बिर्सियौ प्रिय !तिमीले
हामी एउटै वर्षादिओढेर
घण्टौ घण्टौ यात्रा गरेको ।
भिजेका मायालुआँखाले
एक अर्कालाई हेरेको ।
हो प्रिय !
आज त्यहि दिन त हो नि!
फरक एउटा मात्र छ
त्यो दिन तिमी थियौ
म सँग, म थिएँ तिमीसँग
आकाशले खुशीको
आँशु चुहाएको थियो
तर,
आज तिमी म सँग त्यस्ती छैनौ
म तिमीसँग भौतिक रुपमा त्यस्तो छैन
आकाशले पीडा वोध गरेको छ
छाती चिरेरआँखाबाट आँशु
वर्षाएको छ
हेर त प्रिय ! बाहिर
मान्छेहरू घनघोर पानी प-यो भनिरहेछन्
तथापी,
मनको प्रेमील वगैँचामा
तिमी फूलसरी फुलिरहेछ्यौ
म भमरा सरी डुलिरहेछु
हाम्रो यो प्रेम चलिरहने छ
अनन्त अनन्त सम्मको लागि ।