-सरु आचार्य
जो हिँड्छ मेरो अघि आगो लगाउँछु
एक एक को जिन्दगी आगो लगाउँछु
किनार बन्छु भन्दा भरोसा गरिनस्
अब तँलाई पख नदी आगो लगाउँछु
छाडी दियौ ठीकै छ पराई सम्झेर
म आफ्नो सम्झीसम्झीआगो लगाउँछु
हेर्दै जाउ म आज क-कसको दिलभित्र
नझिम्काइ परेली आगो लगाउँछु
भन्ने छ एकदिन खुद शायरले
म मेरो शायरी आगो लगाउँछु
ऊ आफैं आगोको रापमा जल्दैछे
मलाई भन्छे मेरी सखी आगो लगाउँछु