निषेधित क्षेत्रमा धोती दिवस मनाउने क्रममा सीके राउत पक्राउ

<span class='c1'>निषेधित क्षेत्रमा धोती दिवस मनाउने</span> <span class='c2'>क्रममा सीके राउत पक्राउ</span>

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्।

आज बिहान निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि राउतलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो।

राउतसहितका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राउतसहितका नेता कार्यकर्ता धोती दिवस मनाउन माइतीघरमा पुगेका हुन्। जनवरी १ का दिन पहाडी समुदायले टोपी दिवस शुरु गरेपछि मधेशमा धोती दिवस मनाउन थालिएको छ।

स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्