विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएको छन् ।
मंगलबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोकिदा मोटरसाइकलमा सवार घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते भएको व्यक्ति अचेत अवस्थामा रहेको र उनको पहिचन खुल्न नसकेको स्थानीय प्रमोद मेहेताले जानकारी दिए । घाइतेलाई उपचारका लागि प्रहरीले अस्पताल समेत लगिएको जनाइएको छ ।
घटना बारे थप विवरण आउन बाँकी छ ।