इजरायल गाजा “नरसंहारको आरोपमा संयुक्त राष्ट्रसङ्घीय अदालतमा उपस्थित हुने

<span class='c1'>इजरायल गाजा “नरसंहारको आरोपमा संयुक्त</span> <span class='c2'>राष्ट्रसङ्घीय अदालतमा उपस्थित हुने</span>

जेरुसेलम । इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली समाचार वेबसाइट YNET ले सोमबार उल्लेख गरेको छ ।

इजरायलले नरसंहारविरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार हानेग्बीले कारवाहीको बहिष्कार नगर्ने, तर उपस्थित भई आफूविरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताउनुभएको वेबसाइटमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा वरिष्ठ अधिकारीबीचको छलफल अघि नै यो निर्णय लिइएको हो ।

शुक्रबार दायर गरिएको मुद्दामा “गाजा स्ट्रिपमा प्यालेस्टिनीको नरसंहारको रोकथाम तथा सजायको महासन्धिअन्तर्गतको दायित्वको इजरायलले उल्लङ्घन गरेको अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले जनाएको छ ।

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसङ्घीय अदालतलाई “नरसंहार महासन्धिअन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई गम्भीरताका साथ लिई थप क्षतिबाट जोगाउन प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्