`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधि जित्ने मोरङकी दिपा विष्टसहित दुई खेलाडी सम्मानित

<span class='c1'>`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधि जित्ने मोरङकी</span> <span class='c2'>दिपा विष्टसहित दुई खेलाडी सम्मानित</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन् ।

१० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ ।

मोरङ स्ट्रेन्थलिफ्टिङले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी गोल्ड मेडल जित्ने मोरङकी दीपा बिष्ट तथा रजत पदक जित्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरेको हो ।

दीपा र कविरलाई जिल्ला मोरङ स्ट्रेन्थलिफ्टिङ संघ मोरङका अध्यक्ष नवनित राज प्रधान लगायत अन्य पदाधिकारीहरुले मेडल ,कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा बिष्टले ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी थिइन् । हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा उनले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन् ।

उनले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाइन् । उनी च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल भइसकेकी छिन् ।
यसरी आफुले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकोमा धेरै खुशी लागेको दिपाले आवर विराटनगरसँग आफ्नो अनुभव यसरी सुनाईन् ।

दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तर्गत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगितामा उनले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् ।
सम्मानित दुवै खेलाडी आफ्नै व्यक्तिगत डेढ लाख भन्दा बढीको खर्चमा अन्तराष्ट्रिय स्तरको खेल प्रतियोगितामा सहभागी भई आएको उनीहरुले बताएका छन् । नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रुपमा चिनिन्छ ।

राष्ट्रिय खेलकुद परिषद्ले खेलका रूपमा समेत मान्यता नदिएको भन्दै स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेलसम्वद्ध सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिष्पर्धा मार्फत पदक भित्राईरहँदा राज्यले अहिलेसम्म यस खेललाई मान्यता र चासोको रुपमा नहेरिदिदा खेलाडीहरुमा एक प्रकारको निरासापन छाएको छ । त्यसैले यसलाई पनि अन्य खेल सरह राज्यले प्राथमिकता दिनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्