काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।
जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।
सोमबार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।
भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल