स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित सुनसरीबाट एकजना पक्राउ

स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित सुनसरीबाट एकजना पक्राउ

विराटनगर । स्रोत नखुलेको रकमसहित सुनसरीबाट सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बुधबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ फुलचोकबाट २१ लाख ५७ हजार रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकही सुनसरीबाट खटिएको टोलीले कोशी गाउँपालिका - ३ का अन्दाजी वर्ष २७ को बिरेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो । राउतको साथबाट स्रोत नखुलेको नेपाली मुद्रा २१ लाख ५७ हजार रुपैयाँ नगद बरामद गरेको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कणर्जीतले जानकारी दिए ।

उनका अनुसार राउत प्रदेश १-०२-०५३ प. १९५६ नम्बरको मोटरमाईकलमा पूर्व पश्चिम राजमार्ग हुँदै ईनरुवा तर्फ जादै गरेको अवस्थामा टोलिले रोकि चेकजाँच गर्दा उनको साथबाट उक्त स्रोत नखुलेको मुद्रा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद मुद्रा तथा मोटरसाईकलसहित राउतलाई आवश्यक छानबिन तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको एसएसपी कणर्जीतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्