-भावना उपाध्याय
मैन भैदिए सजिलै भन्थेँ उ जलेर गयो
उ त पत्थर थियो कसरी भन्नु गलेर गयो।
लामो यात्रा जिन्दगीकोसँगै गर्ने आस देखाइ
बिच सफरमै मेरो आँखा छलेर गयो।
लाग्छ यतिसम्म त गरेँन कि मैले पनि
सुन्नै नसकिने दोष मै माथि ओकलेर गयो।
मेरो जिवन बनाई अँध्यारो औँशीको रात झैँ
आफु पुर्णिमाको चन्द्रमा जस्तै बलेर गयो।
सपनाको सुन्दर एउटा घर थियो मेरो पनि
शङ्का नामको आँधी चल्यो ढलेर गयो।
बराहताल २ हरिरहपुर
"पाग्म" सुर्खेत।