-उषा केसी
आमा
आज
आफ्नै देश पनि
विरानाे लाग्छ
तपाईको अनुपस्थितिमा
म ती दिन सम्झन्छु
घर बाहिर निस्कन
निषेधित दिनहरू
हिजो हत्या हिंसाकाे
शिकार हुनबाट
टाढा राख्न सधैं तल्लिन
हजुर
आफ्नो घरको
चिसो चुलो सम्झेर
चुहिने टिनको
छानो मुनि बसेर
मलाई अँगालो हालेर
रुनुभएकाे
भखर जस्ताे लाग्छ
हजुरकाे आँखाको
साउने भेल पुच्छन्
विरानाे देशमा
राेजगारका लागि
देशको एक
चिम्ती माटो साथमा लिएर
त्यही माटोको
टीका लाएर
मन, मुटुमा
राष्ट्र र राष्ट्रियता
बोकेर रोजरोटीको खोजीमा
सात समुन्द्र तर्न बाध्य छु आज।
हजुरको
सुनौलो सपना
सजाएर मनमा
आय स्रोत र रोजगारको
अभावमा जन्मभुमी
छोड्न बाध्य भए
आमा
बिदेशीनु रहर हाेइन
विवशता र बाध्यता हो ।
आमा
आज म परदेशमा
हजुरको
सपना आँखामा सजाएर
आँशुमा डुब्दैछु ।
विदेशिएका
हरेक चेलीले
पसिना सङ्गै अस्मिता
बेच्नु पर्ने विवशता
कसरी सुनाउँ?
परदेशमा आउने
दुःख बाधा र चुनौतीहरूले दिएको
चोट देखाउन मिल्दैन
गरिबीको झोला
बोकेर विदेश आएकी म
तर आमा आज समस्या नै
समस्याकाे भुमरीमा फसेकाे छु
आँसुकाे खोला बगाउन बाध्य छु ।
विदेशमा बन्धकी
भएकाे छ जीवन
आज
आँशुको बुँदमा
सगरमाथा र हिमाल
टल्किएको छ।
मनमा राष्ट्र र राष्ट्रियता
बोकेको झण्डाले
मनको आँशु पुछ्दैछु
तर
मेरो देशले मलाई
कहिले स्वदेशमै
राेजगार दिएर
आत्मसम्मान देलान्
आफैलाई साेधिरहेछु
थाहा छैन आमा
त्यति बेला
म जिउँदै स्वदेश
फर्कनेछु वा बाकसमा ।
ललितपुर,
सातदोबाटो ।