विराटनगरमा खुल्छन् बन्द हुन्छन् अस्पताल, चलाउन नसक्दा स्वामित्व हस्तान्तरण

विराटनगरमा खुल्छन् बन्द हुन्छन् अस्पताल, चलाउन नसक्दा स्वामित्व हस्तान्तरण

इन्दु साह
विराटनगर । विराटनगर–२ मा नेशनल किड्नी अस्पताल सञ्चालनमा आएको केहि समयपछि बन्दभयो । यसको स्वामित्व परिवर्तन गर्दै ओम वेलनेश अस्पतालमा रुपान्तरण भयो । दश शै्या क्षमताको अस्पताल अहिले सञ्चालनमा रहेको छ । यस्तै विराटनगर–७ मा खुलेको एम्स अस्पताल एण्ड क्यान्सर सेन्टर प्रा.लि. को पनि स्वामित्व परिवर्तन हुँदै बिग अस्पतालमा रुपान्तरण भएको छ । ५० शै्या क्षमताको स्वीकृत लिएर क्यान्सर सेन्टर खोलिएको थियो ।

यसैगरी विराटनगर–९ मा २५ शै्या क्षमताको मकालु एभरेष्ट अस्पतालको नाम मेट्रो न्यूरो मल्टिस्पेसियालिटी अस्पतालमा रुपान्तरण भएको छ । विराटनगर–११ मा ५० शै्याको म्याक्स अस्पताल पारस अस्पतालमा रुपान्तरण भएको छ । त्यस बाहेक विराटनगर–९ मा १५ शै्या क्षमताको जेनेरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर भने अहिले बन्द अवस्थामा रहेको छ । स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता अनुमती तथा नवीकरण सम्वन्धी निर्देशिका २०७५ अनुसार दर्ता स्वीकृत लिएर सञ्चालनमा आएका अस्पतालहरु लामो समयसम्म चल्न नसक्ने भएपछि स्वामित्व परिवर्तन हुने क्रम बढ्दो देखिएको छ ।

विराटनगरमा मल्टिस्पेसियालिटीस्तरका ठूला निजी अस्पतालहरु रहेका छन् । यी अस्पतालहरुको सेवाको प्रभावकारीता राम्रो छ । तर, त्यो देखेर साना लगानीमा भाडाका घरमा खुलेका अस्पतालहरुको सेवा प्रभावकारीता कमजोर हुँदा बन्द हुँने क्रम बढ्दै गएको पाइन्छ ।
अस्पताल सञ्चालनसँगै विभिन्न क्षेत्रका विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्य जनशक्तिको अभाव हुँदा साना लगानीका अस्पताल दिगो व्यवस्थापन अभाव झेल्ने गरेका हुन् ।

स्थानीय तहले स्वास्थ्य क्लिनिक, डाईग्नोष्टिक सेन्टर, पोली क्लिनिक तथा २५ शैयासम्मका जनरल अस्पताल सञ्चालन अनुमति लिन मिल्नेछ । यसैगरी आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्सासँग सम्बन्धित स्वास्थ्य संस्थाहरुका हकमा १० शैयासम्मका अस्पतालका लागि नगर कार्यपालिकाको निर्णय अनुसार हुनेछ । यदि २५ शैया देखि माथिका अस्पतालहरु र विशेषज्ञ अस्पताल दर्ता गर्नको लागि कार्यपालिकाको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्