जापान भूकम्प : मृत्यु हुनेको संख्या १२६ पुग्यो

जापान भूकम्प : मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं । जापानमा ६ दिनअघि गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।

यो समाचार तयार पार्दासम्म विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् ।

अल जजीराको रिपोर्टका अनुसार जापानले झण्डै आठ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ । भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन् । अधिकारीहरूले २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन् । नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७.६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको थियो ।

वाजिमा सहरमा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको छ भने सुजुमा २३ जनाको मृत्यु भएको छ । प्रकोपको परिणाम स्वरूप ५०० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए, जसमध्ये कम्तीमा २७ गम्भीर घाइते भएका थिए ।

खराब मौसमका कारण हजारौं उद्धारकर्मीको काम अवरुद्ध भएको छ । रिपोर्टका अनुसार इशिकावा क्षेत्रका करिब २३ हजार ८०० घर बिजुली र ६६ हजार ४०० भन्दा बढी घर पानीविहीन छन् । ३१,४०० भन्दा बढी मानिस ३५७ सरकारी आश्रयस्थलमा बसिरहेका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्