काेशी प्रदेशकाे मुख्य न्यायाधिवक्तामा काेइराला नियुक्त

काेशी प्रदेशकाे मुख्य न्यायाधिवक्तामा काेइराला नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश काेइराला आइतबार नियुक्त भएका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

उनलाई आइतबार दिउँसाे १:४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताएका हुन् ।

माेरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता काेइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ माेरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्