विराटनगरका मेयर कोइरालाको आक्रोश ‘धनीले सहकारी खोले, सर्वसाधारण डुबाए’

विराटनगरका मेयर कोइरालाको आक्रोश ‘धनीले सहकारी खोले, सर्वसाधारण डुबाए’

विराटनगर । ‘हुने खानेले सहकारी खोले, घर–गाडी र जग्गा किने, सर्वसाधारणको पैसाको टुङ्गो छैन’ विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आइतबार एउटा कार्यक्रममा यसरी चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार पैसा हुनेहरुले पहुँच देखाउन खोलेका सहकारीले सामान्य नागरिकको पैसा डुबाएर बर्वाद पारेका गुनासाहरु दैनिक जस्तो महानगरपालिकामा आउने गरेका हुन् ।

प्रमुख कोइरालाले ज्येष्ठ नागरिक, सेवा निवृत कर्मचारी र सर्वसाधारणको पैसा सहकारीले डुबाएको आरोप लगाउँदै भने नियमसंगत सञ्चालन नगर्नेहरुले सर्वसाधारणको पैसाले घर, जग्गा र गाडी जोडेका छन् । उनले नियमन गर्दै जाँदा धेरै सहकारी गोजीमा सिमित रहेको तर कारोबार भने बृहत गरिरहेको बताए । ‘इमान्दार आफैं बन्नुपर्छ’ नगर प्रमुख कोइरालाले भने–बदमासी सहकारीका सञ्चालकले गरिरहेका छन् ।
विराटनगर महानगरपालिकाले सहकारी व्यवस्थाप सम्बन्धी आयोजना गरेको तालिममा प्रमुख कोइरालाले सञ्चालकहरु बेइमानी देखिएको भन्दै नियमनमा कडाई गरिदैं लैजाने बताएका थिए । त्यस अगाडी उपप्रमुख शिल्ला निराला कार्कीको आक्रोश समेत सहकारीका सञ्चालकसँगै थियो । उनले दक्षिणी क्षेत्रका धेरै नागरिकलाई नियतबस फसाएर सञ्चालकहरुले सम्पर्कविहीन भईरहेको बताइन् ।

नियमनका क्रममा सहकारीको हिसाब प्रणाली व्यवस्थित नदेखिएको र ५० प्रतिशत सहकारीले मात्रै चार बहि खाता व्यवस्थित गरेको उपप्रमुख कार्कीको भनाई थियो । अहिले न्यायिक समितिमा समेत सहकारी पीडितको हप्तामा दुईवटासम्म उजुरी परिरहेको बताउँदै उपप्रमुख कार्कीले सर्वसाधारण झुक्याउन गोजीमा सञ्चालितन सहकारीको पहिचान गर्ने काम भईरहेको दावी गरिन् ।
विराटनगर महानगरपालिका सहकारी शाखाकी रोजी कार्कीका अनुसार महानगरपालिकामा १७४ वटा सहकारी सञ्चालित छन् । जसमध्ये चालु आर्थिक वर्षमा लेखा प्रतिवेदन बुझाउने सहकारीको संख्या ५० वटा रहेका छन् । महानगरपालिका भित्रका १२ वटा सहकारी विरुद्ध उजुरी दर्ता भएका छन् । सहकारीहरुको साधारणसभा भईरहेकोले लेखा प्रतिवेदन बुझाउने क्रम जारी रहेको कार्कीको भनाई छ । गत आर्थिक वर्ष १२० हाराहारीका सहकारी लेखा प्रतिवेदन बुझाएका थिए । बाँकी सहकारी कता छन् भन्ने यकिन छैन ।

आर्थिक समितिका संयोजक एवं विराटनगर १९ का वडाअध्यक्ष श्याम घिमिरेले भित्रभित्रै गैरकानुन ढंगबाट सहकारीमा सर्वसाधारणले बचत गरेको पैसा लगानी गरेर संस्थापक सदस्यहरुले बेइमानी गर्ने गरेको बताए । उनले गत वर्ष लेखा प्रणालीका विषयमा तालिम दिईएको र यो वर्ष व्यवस्थापनसँग सम्बन्धित तालिम दिइएकोले अब कुनैपनि त्रुटी हुन नहुने तर्क गरे । महानगरपालिकाले एकसय जना सहकारी व्यवस्थापकहरुलाई तालिममा सहभागि गराउने छ । पहिलो ५० जनालाई आइतबार र सोमबार त्यसपछि बाँकी ५० जनालाई मंगलबार र बुधबार तालिममा सहभागि गराईने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्