भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ

<span class='c1'>भारत लैजाने लागेको तीन</span> <span class='c2'>क्वीन्टल गाँजासहित दुईजना पक्राउ</span>

विराटनगर । ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका-६ बाट आइतबार राति पक्राउ पर्नेमा भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपालिका-५ का महोमद सागर मियाँ छन् ।

को २ त ६८९० नम्बरको ट्याक्टरमा राखेर गाँजा भारततिर लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए ।

८ वटा बोरा र ससाना पोकाहरुमा राखेर गाँजा ट्याक्टरमा लोड गरिएको पाइएको थियो । उक्त गाँजा पहाडी जिल्लाबाट सुनसरी ल्याएर भारत तस्करी गर्न लागिएको पाइएको प्रहरीको भनाइ छ । न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्